Breaking News

भरतपुर नगर प्रहरीको दादागिरी, तस्विर खिचेको भन्दै नारायणी अनलाइनकर्मीमाथि दुर्व्यवहार

Banner

चितवन, पुस १२-

भरतपुर महानगरपालिकाका नगर प्रहरीले नरायणी अनलाइनका पत्रकारमाथि दुव्र्यहार गरेका छन् । भरतपुरको चौबिसकोठीमा ठेला व्यावसायीहरुलाई लखेटिरहेको दृश्य कैद गरिरहेका नारायणी अनलाइनका संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’ माथि नगर प्रहरीले दुव्र्यवहार गरेका हुन् ।

तस्विर कैद गरिरहेका ठाउँमा आएर मोबाइल खोसेर मोबाइलको तस्विर डिलिट गर्न लगाइएको पत्रकार डायमण्ले बताए । मोबाइल खोसिसकेपश्चात आफू नारायणी अनलाइनको पत्रकार भएको जानकारी गराउँदा पनि फोटो डिलिट गर्न दबाब दिइएको उनले बताए ।

प्रहरीहरुले नै तस्विर डिलेट गर्न खोजेको भए पनि मोबाइलको ग्यालेरी लक भएकाले उनीहरुकै अगाडि आफूलाई तस्विर डिलेट गर्न लगाइएको डायमण्डले बताएका छन् । तस्विर डिलिट गरिसकेपश्चात यहाँको दृश्य कैद नगर्न समेत उनिहरुले भनेका थिए । नगर प्रहरीले आफुहरुले जस्तोसुकै काम गरेपनि तस्विर कैद गर्न नपाइने धम्की दिएका छन ।

तस्विर ग्यालेरीबाट डिलेट भए पनि ब्याकपबाट तानेर सुरक्षित राखिएको डायमण्ले बताएका छन् । भरतपुरको फुटपाथमा ठेला व्यवसायीलाई रोक लगाएपनि अन्य ठूला व्यवसायीले सडकपेटीनै कब्जा गरेर व्यवसाय गर्ने गरेका छन । उनिहरुलाई महानगरपालिकाले निर्वाद रुपमा सडकपेटी कब्जा गरेर काम गर्न दिएको छ । पछिल्लो समय सडकपेटी व्यवस्थित नहुँदा नागरयणगढ बजार कुरुप बन्दै गएको छ ।

यो पनि
ठेला व्यवसायीलाई लखेट्दै भरतपुर महानगर, विकल्प नदिई गरिबमाथि अत्याचार गरेको गुनासो

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>