Breaking News

बाइपास सडक निर्माणमा ढिलाईः विरोध गर्दै सडकमै उत्रिए स्थानीय, सांसद सुवेदी पनि सडकमा

०
Banner

चितवन, पुस १२–

चितवनको भरतपुरस्थित बाइपास सडक खण्ड निर्माणमा ढिलाई भएको भन्दै स्थानीयहरुले आज (आइतबार) प्रदर्शन गरेका छन् । थानीचोकमा बाइपास सडक खण्डको दुर्वतर्फका टोल विकास संस्थाहरुको अग्रसरतामा प्रदर्शन गरिएको हो । उनीहरु सडकमै बसेर सडक निर्माण छिटो सक्न दवाब दिएका थिए ।

स्थानीयको प्रदर्शनमा वाग्मती प्रदेशका सांसद विजय सुवेदीले एैक्यवद्धता जनाएका छन् । उनी पनि स्थानीयहरुको साथमै सडकमा बसेर प्रदर्शन गरेका छन् । सो क्रममा बोल्दै उनले बाइपास सडक खण्ड चाडै निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसंग आग्रह गरेका छन् । सांसद सुवेदीले यसअघि पनि सो सडक निर्माणको काममा ढिलाई भएको भन्दै निर्माण कम्पनीलाई दवाब दिँदै आइरहेका थिए ।

१५ महिनामा सडक विस्तारको काम सक्नुपर्ने ठेकेदारले चार वर्ष पुग्दा पनि अझै काम सकेको छैन । चौँथोपटक थपिएको म्याद ०७७ जेठमा सकिएको थियो । तर कोभिड–१९ का कारण सरकारले ६ महिना म्याद थप गरिदिएपछि म्याद सकिने अन्तिम समय पुससम्मलाई पुगेको छ । अहिले पुस मध्य अवस्थामा आइपुग्दा पनि सडक निर्माण टुंगोमा नपुग्ने अवस्था आएपछि स्थानीय बाध्य भएर सडकमा निश्किएका हुन् ।

पुससम्ममा पनि काम नसके निर्माण कम्पनीसँगको ठेक्का तोड्नेसम्मको चेतावनी सडक डिभिजन कार्यालय भरतपुरले दिएको छ ।  बसपार्क चोकदेखि आँपटारीसम्म दुई लेनको ४.४ किमी लामो बाइपास सडक विस्तार गर्ने गरी निर्माण कम्पनी गौरी पार्वतीसँग ०७३ पुसमा सम्झौता भएको थियो ।

१२ करोड ८१ लाख ८२ हजार रूपैयाँमा सम्झौता भएको ठेक्काको काम पछि पुनरावलोकन भएर बसपार्कदेखि विशालचोकसम्म २.२ किमीमा चार लेन सडक बनाउने गरी सहमति भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>