चितवन विशेष

प्रचण्डको गृहजिल्ला चितवनमा ओली पक्षले लगायो पार्टी कार्यालयमा ताला

Banner

चितवन, पुस ११–

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका छन् ।

आज विहान पार्टी कार्यालय भरतपुरमा पुगेका ओली पक्षीय कार्यकर्ताले कार्यालयको ढोकामा ताला लगाएका हुन् । पार्टी कार्यालय साविक एमालेको भएकाले कार्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्यले जानकारी दिए ।

उनीहरुले पार्टी एकता जिन्दाबाद, केपी ओली जिन्दाबादलगायतका नारा लगाएका थिए । नेकपा राजनीतिक रुपमा विभाजन भएपछि देशका विभिन्न जिल्लामा रहेको नेकपाको पार्टी कार्यालयमा ओली पक्षले तालाबन्दी गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>