चितवन विशेष

चितवनमा ट्रकको ठक्करबाट दुई जना घाइते

Banner

चितवन, पुस ११–

चितवनमा ट्रकको ठक्करबाट दुई जना घाइते भएका छन् । भरतपुर–११ स्थित बाइपास सडकखण्डस्थित पुनम चोकमा शुक्रबार राति ११ः१० बजेको समयमा नम्बर नखुलेको ट्रकले ना ४४ प ३८९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–५ का २५ वर्षीय रावल भुजेल र भरतपुर–११ बस्ने वर्ष २१ की उसा गुरुङ घाइते भएका छन् । भुजेलको अवस्था गम्भिर रहेको छ भने गुरुङको अवस्था मध्यम रहेको छ । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>