Breaking News

वाग्मती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

Banner

हेटौंडा, पुस १०–

वाग्मती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले आज राजीनामा दिएका हुन् ।

प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने भएकाले राजीनामा दिएको तीन मन्त्रीले जनाएका छन् । उनीहरुले राजीनामा पत्रमा लेखेका छन्–‘प्रदेश सरकार प्रदेशका जनताको भावना अनरुप योजनावद्ध विकास निर्माण, जनसेवा र सुशासन कायम गर्दै प्रदेश सरकारको महत्वलाई स्थापित गर्दै अगाडि बढ्नु पर्नेमा निकै सुष्त रहन पुग्नुमा मुख्यमन्त्री स्वंम दिशाविहिन, निर्णयविहिन रहेको, प्रदेश सरकारमा संलग्न मन्त्रीपरिषद्का सदस्यको सल्लाह, सुझाव, पार्टीको संसदीय दलको सल्लाह सुझावलाई विल्कुलै बेवास्ता गर्दै अगाडि बढेको र मुख्यमन्त्रीकै कारण जनताप्रति सरकार जवाफदेहि विहिन बन्दै लागेको कारण यही नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नक्सने निश्कर्षसहित आजकै मितिबाट लागू हुने गरी राजनीनामा दिएका छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>