Breaking News

दम्पतीमा नेकपा गुटको असर : पति प्रचण्ड-माधव तिर, पत्नी ओली तिर

Banner

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पति–पत्नी नै फरक-फरक खेमामा देखिएका छन् ।

रघुवीर महासेठ र जुली महतो दम्पती दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन् । महासेठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहमा पुगेका छन् भने महतो ओली समूहका भेलामा सहभागी भएकी छन् ।

महासेठ २०७४ सालको निर्वाचनमा धनुषा–४ बाट निर्वाचित भएका थिए भने महतो समानुपातिक सांसद हुन् । स्थायी समिति सदस्यसमेत रहेका महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा थिए । अहिले उनी प्रचण्ड–माधव समूहमा देखिएका छन् । ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीसमेत बनाएका थिए । पछि उनलाई हटाइएको थियो ।

विभाजनको संघारमा पुगेको नेकपामा अहिले नेताहरूले आफ्नो कित्ताकाट थालेका हुन् । यसअघि एउटा समूहमा रहेका केही नेताहरू अर्को समूहमा पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>