Breaking News

चितवनमा बलात्कारका घटना बढ्दै, एक वर्षमा ३६ बालिका बलात्कृत

Banner

चितवन, पुस ६-

चितवनमा एक वर्षमा ३६ बालिका बलात्कृत भएका छन् ।

इन्सेक चितवनले गत वर्ष पुस १७ गतेदेखि यस वर्ष मंसिर मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै सो जानकारी गराएको हो । इन्सेकले सार्वजनिक गरेको तथ्यांकमा चितवनमा यस अवधिमा ३६ जना बालिका बलात्कृत भएका छन् भने १५ जना महिला बलात्कृत भएका छन् । त्यसैगरी बलात्कार प्रयासमा पाँच जना बालिका र ७ महिला परेका छन् ।

तथ्यांकमा बाल यौन दुव्र्यवहारमा ६ बालिका परेका छन् । यस अवधिमा ३ महिला आत्महत्या दुरुत्साहनमा परेका छन् भने बहुविवाहको घटना १४ वटा दर्ता भएका छन् । तथ्यांक सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै महिला अधिकारकर्मी संगिता भट्टराईले तथ्यांकले समाजका सचेत नागरिकलाई लज्जित बनाएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘यसले हामीमाथि प्रश्न चिन्ह उठेको छ । हामीले अझै माइन्ड सेटलाई बदल्न नसकेको ठम्याई नै हो ।’ यसमा निरन्तर खबरदारी गरिरहन आवश्यक देखिएको उनको विचार थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुनाकुमारी श्रेष्ठले तथ्यांक हेर्दा आफैलाई लाज लागिरहेको विचार राखिन् । उनले भनिन्, ‘ अझै यो तथ्यांक कम हो भन्ने लागेको छ । यो भन्दा पनि डरलाग्दो तथ्यांक समाजमा लुकेर बसेको छ । सबैको हातेमालोमा यसको अन्त्य गर्न जरुरी छ ।’ इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा मानवअधिकारकर्मी राजेन्द्र पौडेलले चितवनमा अपराधिक घटनाहरु बढ्दै गएको विचार राखे । उनले भने, ‘यस्ता घटनाहरुलाई कानुनी दायरामा ल्याउन जरुरी छ । दण्डहिनतालाई प्रोत्साहन दिने प्रकारका कुनै पनि काम हुनुहुँदैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>