Breaking News

नेपालमा ७४२ जना संक्रमित थपिए, १०७९ जना निको, ७ जनाको मृत्यु

Banner

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४२ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा हालसम्म २ लाख ५४ हजार ५१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा १ हजार ७९ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । नेपालमा हाल ७ हजार ९७६ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ७९५ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>