Breaking News

पुरानो मेडिकल कलेजको मनोमानीः कोरोना जाँचमा लियो अतिरिक्त शुल्क

Banner

चितवन, पुस ६–

सरकारले कोरोना परीक्षणमा रु दुई हजार मात्र लिन गरेको निर्देशन विपरित यहाँको कलेजअफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप रु एक हजार लिएको पाइएको छ ।

कलेजका निर्देशक डा मनोहर प्रधानले पहिले अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै हाल भने नलिएको जिकिर गर्नुभयो । उहाँका अनुसार यहाँ सङ्कलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौँको स्टार हस्पिटलमा पठाइँदै आइएको छ । सो अस्पतालले परीक्षण शुल्क रु दुई हजार ४०० लिने हुँदा आफूहरुले यातायात शुल्कसहित रु तीन हजार लिएको स्वीकार गर्नुभयो ।

हाल भने अस्पतालले रु ४०० थप गरेर परीक्षण गराउँदै आएको उहाँको दाबी छ । यद्यपि जिल्लाकै दुई सरकारी अस्पताल र एक मेडिकल कलेजमा पिसिआर परीक्षण हुँदै आएको छ । प्रधानले भने यहाँका अस्पतालले ढिलो नतिजा दिने र सिटी भ्यालुको नतिजा नदिएपछि काठमाडौँ स्वाब पठाउने गरेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवनले यहाँको चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वाब परीक्षणमा रु ५०० बढी लिएको भन्दै मुद्दा चलाएको छ । कलेजका प्रतिनिधिले रु १८ लाख र क्यान्सर अस्पतालका प्रमुखले रु आठ लाख धरौटी जम्मा गरेर मुद्दा लडिरहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सो मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको जानकारी प्राप्त भएको भन्दै कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>