Breaking News

काम गर्न नदिएपछि प्रधानमन्त्रीले अन्तिम अस्त्र प्रयोग गर्नुभयो : सांसद सुवेदी

Banner

चितवन, पुस ५-

चितवनका नेकपा नेता तथा प्रदेश सांसद विजय सुवेदीले प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसदको विघटन गरेर अन्तिम अस्त्र प्रयोग गरेको बताएका छन् ।

सांसद सुवेदीले नारायणी अनलाइनसँग कुरा गर्दै पार्टी भित्र लामो समयसम्म चलेको अन्तर संघर्षको परिणाम नै संसद विघटन भएको विचार राखे । उनले भने, ‘ पछिल्लो समयमा नेतृत्वको बीचमा एकले अर्काेलाई सिद्धाउने खेल चल्न थालेपछि प्रधानमन्त्रीले अन्तिम अस्त्र प्रयोग गर्नुभयो । केपी ओलीको नेतृत्वमा नै नेकपाले झण्डै दुई तिहाइको बहुमत ल्याएर ओलीले सरकार सञ्चालन गर्दै आउनुभएको हो । जे सोचेर सरकार गठन भएको थियो काम गर्ने वातावरण नभएकोले नै यो परिणाम आएको हो ।’

सांसद सुवेदीले जनता नै सार्वभौम सम्पन्न भएपछि जनताबाट पुन अनुमोदित भएर जनमत लिने भन्ने कुरा लोकतन्त्रको स्वभाविक प्रक्रिया भएको उनले बताए । उनले जनताको माझबाट जनअनुमोदित भएर आइसकेपछि पार्टीले पाँच वर्ष ढुक्कसँग काम गर्न दिनुपर्ने थियो तर त्यस्तो नहुनु दुःखद् भएको विचार राखे । यो सबै घटनाक्रम आन्तरिक खिचातानीको परिणाम भएको उनको विचार थियो । यी घटनाक्रमको आधारमा अब पार्टी विभाजन हुने निश्चित भएको उनको विचार थियो । उनले भने, ‘अब पार्टी एक ढिक्का भएर चुनावमा जान गाहे छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>