Breaking News
संसद विघटन प्रस्ताव संविधानको मर्म र भावना विपरीतः झलनाथ खनाल
०

काठमाडौं, पुस ५–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले गरेको संसद विघटनको प्रस्ताव संविधानको मर्म र भावना विपरीत रहेको प्रतिक्रिया दिएका छन् ।
हामीसंग छोटो प्रतिक्रिया दिँदै नेता खनालले आकस्मिक रुपमा बसेको मन्त्रीपरिषद् बैठकले संसद विघटनको सिफारिस गर्नु कुनै पनि हालतमा संवैधानिक हुन नसक्ने दावी गरे ।
आज विहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद विघटन गर्ने प्रस्ताव गरेको छ ।
नेता खनालले भने–‘संसद विघटन संविधानको मर्म र भावना विपरीत छ, यो संविधानको विरोधी कदम, लोकतन्त्र विरोधी कदम हो ।’ उनले यस्ता गतिविधिको एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























