Breaking News

भरतपुरको पुल्चोक-गोन्द्राङ सडक विस्तारः अतिक्रमित घरटहरा हटाउन १५ दिने म्याद

Banner

चितवन,पुस ५-

नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म सडक मिचेर बनेका घरटहरा हटाउन सूचना जारी गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आज (आइतबार) १५ दिने सूचना जारी गर्दै सडक मिचेर बनेका घरटहरा हटाउन भनेको हो । यसअघि भरतपुर महानरपालिकाले सडक विस्तार हुन लागेको भन्दै सडकको क्षेत्राधिकार भित्र परेका संरचना हटाउन अनुरोध गरेको थियो ।

पूर्वपश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडकखण्डको केन्द्र रेखाबाट २५/२५ मिटर दायाँ/बाँया गरी कुल ५० मिटर भित्र रहेका घरटहरा, पर्खाल वा अन्य कुनैपनि किसिमका भौतिक संरचना सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन भनिएको छ ।

सो समयअवधिमा सडक सिमाभित्र अतिक्रमण गरी बनाइएका संरचना नहटाइएमा सार्वजनिक सडक ऐन २०१३ अनुसार कार्यालयबाट डोजर खटाई भत्काउने समेत जनाइएको छ । अतिक्रमित संरचना हटाउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट नै सरकारी बिगो सरह असुल उपर गरिने सूचनामा उल्लेख छ । यस्तै कार्यालयले भरतपुरको केन्द्रिय बसपार्कदेखि आँपटारीसम्मको बाइपास सडकको केन्द्ररेखादेखि १५/१५ मिटर दायाँबाँया गरी कुल ३० मिटर सम्म बनाइएका संरचनाहरु पनि १५ दिन भित्र हटाउन भनेको छ ।

सडक डिभिजन भरतपुर कार्यालयले पुल्चोक–गोन्द्राङ सडकलाई ६ लेन बनाउन यसअघि नै निर्माण कम्पनीसंग पक्षसँग सम्झौता गरिसकेको छ । पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताउनुभयो । यो सडक बनेपछि भरतपुरको स्वरूप नै परिवर्तन हुने उहाँको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>