Breaking News
पछिल्लो २४ घण्टामा देशभर ७८२ जना कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु
०

काठमाडौँ पुस ३–
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ।
हाल देशभर ९ हजार ३ सय १७ जना सक्रिय संक्रमित छन् भने ४ सय २७ जना क्वारेन्टिनमा छन्।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























