कर्पोरेट

इन्भेष्टमेण्ट बैँकमा आजबाट डिम्याट खाता र मेरो शेयर निःशुल्क

Banner

चितवन, पुस १-

एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज देखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ ।
क्यापिटलले प्रेषित गरको विज्ञप्ति अनुसार यो योजना सीमित अवधिको लागिमात्र भएकोले आजकै मितिबाट एनआईबीएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्यशाखा कार्यालयहरू तथा नेपाल इन्भेष्टमेण्ट बैँकको देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सक्ने जनाइएको छ ।

यसका अतिरिक्त एनआईबीएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयरदर्ता प्रदानगर्ने प्रतिबद्धता समेत जनाएको छ । एनआईबीएल एस क्याप्टिल लिमिटेडसँग आवद्ध भई आफ्नो प्रतिक्रिया तथा सुझाव दिई सेवाप्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकलाई कृतज्ञता व्यक्तगर्दै आगामी दिनमा पनि सहजरुपमा आप्mनो ग्राहकलाई भरपर्दाे सेवा प्रदान गर्ने प्रतिबद्धता विज्ञप्तिमा व्यक्त भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>