कर्पोरेट

ग्लोबल आइएमई बैँकद्वारा ६ नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात

Banner

चितवन, मंसिर २९-

ग्लोबल आइएमई बैँकले देशको विभिन्न क्षेत्रमा ६ नयाँ शाखारहित बैँकिङ सेवा सुरु गरेको छ ।

बैँकले आज प्रेषित गरेको विज्ञप्ति अनुसार तेह्रथुमको फेदाप गाउँपालिका, धनुषाको नगराइन नगरपालिका फुलगामा, दैलेखको दुल्लु नगरपालिका तथा भैरवी गाउँपालिकामा, बाग्लुङको बाडिगड गाउँपालिका सिमालचौरमा र पाँचथरको याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैँकको शाखारहित बैंकिङ सेवा संख्या २३८ पुगेको छ ।

बैँकले तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा चन्द्रकला ढकाल, धनुषा जिल्ला नगराइन नगरपालिका–४ फुलगामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा राजकुमार शाह, दैलेख जिल्ला दुल्लु नगरपालिका–७ दुल्लु बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा दामोदर उपाध्याय, दैलेखको भैरवी गाउँपालिका–५, दादीमाडी बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बखतबहादुर शाही, बाग्लुङको बाडिगड गाउँपालिका–२ सिमालचौरमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा होमनाथ खराल र पाँचथरको याङवरक गाउँपालिका वडा नं.०१ गणेश चोक मा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरेको बैँकले जनाएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्ने बैँकले जनाएको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, विभिन्न महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३८ शाखा रहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको बैँकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>