Breaking News

प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका २ जनासहित ३ बालिकाको मृत्यु

Banner

तेह्रथुम,मंसिर २८-

तेह्रथुममा तरकारी खेतीका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर एकै परिवारका दुई जनासहित तीन बालिकाको मृत्यु भएको छ। तेह्रथुम जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कोमल ठाकुरका अनुसार पोखरीमा डुबेर छथर गाउँपालिका-६ सुदापका दिदीबहिनी ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बू तथा ८ वर्षीया सुहानाको मृत्यु भएको हो।

रञ्जना र रोजनी स्थानीय इन्द्रबहादुर लिम्बूका छोरी हुन् भने सुहाना देवेन्द्र लिम्बूकी छोरी हुन्। अहिले पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल लाने तयारी भइरहेको प्रहरी निरीक्षक ठाकुरले जानकारी दिए। उनका अनुसार घटना शनिबार साँझको हो। त्यस दिन बिहान खेल्न घरबाट निस्केका उनीहरुलाई खेतीपातीमा व्यस्त अभिभावकले दिउँसो १२-१ बजेतिर कता गए भनेर खोज्न थाले। त्यस क्रममा शनिबार साँझ उनीहरु स्थानीय प्रगति कृषक समूहले बनाएको पोखरीमा मृत फेला परेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>