अन्तर्राष्ट्रिय
भारतमा कोरोनाविरुद्ध खोप लगाउन ११२ पृष्ठको ‘गाइडलाइन’
०

काठमाडौं, मंसिर २८-
भारतमा कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गर्ने तयारी तीव्र रूपमा भइरहेको छ। त्यसका लागि नेसनल एक्सपर्ट ग्रुप अन भ्याक्सिन एडमिनिस्ट्रेसन (एईजीभीएसी) ले निर्देशिका (गाइडलाइन) बनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ११२ पृष्ठ लामो गाइडलाइनबारे स्वास्थ्य मन्त्रालयको टोलीले समीक्षा गरिरहेको छ। गाइडलाइनअनुसार हरेक चरणमा सय जनालाई मात्र खोप दिइनेछ। खोपको उपलब्धता तथा माग बढी भएका खण्डमा एकपटकमा २ सय जनासम्मलाई पनि दिन सकिनेछ।
राज्य तथा केन्द्र प्रशासित राज्यले आफ्नो क्षेत्रमा खोप लगाउने अभियान सुरु गर्ने मिति आफैंले तोक्न सक्नेछन्। भारतको केन्द्र सरकारले ६ देखि ८ महिनासम्ममा ३० करोड नागरिकलाई खोप लगाउने तयारी गरेको छ। त्यसका लागि ६० करोड खोप खरिद गरिनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























