Breaking News

चितवन मेडिकल कलेजमा पहिलो पटक बालिकाको मुटुको जटिल अप्रेसन

Banner

चितवन, मंसिर २३-

चितवन मेडिकल कलेजमा पहिलो पटक सात वर्षीय बालिकाको मुटुको जटिल अप्रेसन गरिएको छ ।

मेडिकल कलेजले आज प्रेषित गरेको विज्ञप्तिअनुसार तनहुँ जिल्ला घिरिङ गाउँपालिका–२ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने धनकुमार थापा र बिना थापाकी सात वर्षकी छोरी खुसी थापाको यस मेडिकल कलेजमा मुटुमा पेसमेकर राखी सफल शल्यक्रिया गरिएको हो ।

सास फेर्न गाह्रो हुने बेला बेलामा ढल्ने समान्यतया अरु बच्चाहरु भन्दा फरक भएकोले निज बच्चालाई १७ महिनाको हुँदा  काठमाडौको शहिद गंगालाल अस्पतलामा चेक जाँच गर्ने क्रममा जन्म जात मुटुसम्बन्धी रोग भएको पुष्टि भएको थियो । सामान्यतया मानिसको धड्कन ६० भन्दा माथि हुनु पर्नेमा सो बच्चामा धड्कन ३० देखि ३२ मात्र थियो जसले गर्दा बच्चालाई जीवन जिउन निकै गाह्रो भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारको लागि मंसिर २० गते भर्ना भएकी बालिकालाई चिकित्सकहरुले सोमबार शल्यक्रिया गरेका थिए । प्राय उमेर पुगेका मानिसहरुमा रोग पत्ता लागेपछि गरिने यो शल्यक्रिया बच्चाहरुमा बढी जटिल र जोखिम हुने अस्पतालले जनाएको छ । यसरी शल्यक्रिया गरी पेसमेकर राखेर उपचार गर्दा सामान्य मुटुको धड्कन ६० सम्म चल्ने र यसले १० वर्ष सम्म काम गर्ने गर्छ । काम गर्न छोडेपछि चिकित्सको सल्लाह बमोजिम पुन शल्यक्रिया गरि सो पेसमेकर फेर्नु पर्ने हुन्छ ।

यसरी यस मेडिकल कलेजमा निज बच्चाको प्रा. डा. श्याम राज रेग्मीको नेतृत्वमा डा. सुधिर रेग्मी, डा. विष्णुमणि धिताल, सर्जन डा. सुरज भट्टराई, रेडियोलोजी डा. विज्ञान पौडेल, एनेस्थेसियोलोजी डा. भारती शर्मा रेग्मी र क्याथ ल्याब प्रमुख अमृत काफ्लेको संग्लनमा शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ । हाल बच्चाको स्वास्थ्य सुधारउन्मुख रहेको अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ ।

दैनिक एक हजार ५०० बढी बिरामी आउने यस कलेजमा प्रत्येक दिन ३० भन्दा बढी शल्यक्रिया हुने गर्दछन् । मेडिकल कलेजले चौबिसै घण्टा विशेषज्ञ सहितको ईर्मेजेन्सी सेवा, सिटिस्क्यान, यमराआई, क्याथ ल्याब सहितका बिशिष्ट सेवा समेत दिँदै आएको छ । आर्थिक रुपमा कमजोर रहेका बिरामीहरुको निःशुल्क उपचार र नेपाल सरकारको विपन्न नागरिक उपचार सेवा समेत संचालनमा रहेको यस कलेजमा हाल सम्म पाँच हजार भन्दा बढीको बढीको मुटुको शल्यक्रियाहरु समेत सफल उपचार गरिसकेको अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>