Breaking News
धुम्बाराहीमा नेकपा बैठक लक्षित सुरक्षा व्यवस्था कडा, तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मी तैनाथ

काठमाडौं, मंसिर २१-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्बन्धित नेताबाहेक सञ्चारकर्मीलाई समेत पार्टी कार्यालयमा प्रवेश दिइएको छैन ।
नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोलीले नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा गस्ती गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिका बीच आइतबार पार्टी कार्यालयमा नेकपा स्थायी समिति बैठक बस्न लागेको हो ।
शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।
स्थायी कमिटि बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने सम्भावना रहेको छ । तर उनी सहभागी हुने–नहुने स्पष्ट भने भएको छैन ।
























