चितवन विशेष

मेची महाकाली साइकल यात्री श्रेष्ठलाई चितवनमा स्वागत

Banner

मेची महाकाली साइकल यात्री श्रेष्ठलाई चितवनमा स्वागत

चितवन, मंसिर २०-

मेची महाकाली साइकल यात्रामा निस्केकी झापाकी स्वेता श्रेष्ठलाई चितवनमा स्वागत गरिएको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै २२ दिने मेची महाकाली साइकल यात्रामा निस्केकी स्वेता आज भरतपुर आइपुगेकी हुन् ।

‘इम्पावरिङ् वुमन टु ट्राभल’ नाराका साथ चन्द्र सूर्य अंकित नेपाली झण्डासहित साइकल यात्रामा निस्किएकी श्रेष्ठले २१ दिनमा मेची महाकाली यात्रा पूरा गर्ने लक्ष्य रहेको बताएकी छन् ।

महिला सशक्तिकरणको लागि यात्रा सुरु गरेको श्रेष्ठले नारायणी अनलाइनलाई बताइन् । महिला साइकल यात्रीको मनोबल बढाउनु साथ महिला हिंसाविरुद्धमा ऐक्यबद्धता जनाउन यात्रा सुरु गरेको उनले सुनाइन । आजबाट उनीसँगै थप यात्रामा साइकल राइडर दिव्यराज श्रेष्ठले पनि साथ दिनेछन् ।

सो अवसरमा चितवन राइडर्स क्लबले उनलाई आज पुलचोकमा स्वागतसँगै बिदाइ पनि गरेको हो । स्वागत कार्यक्रममा बोल्दै चितवन राइडर्स क्लबका सचिव धर्मराज सापकोटाले साहसिक यात्राले महिलाहरुलाई थप उर्जा दिने बताए । कार्यक्रममा क्लबका अध्यक्ष नवीन खरेल, सल्लाहकार निरञ्जन प्रधान तथा साइकल यात्रीहरुको उपस्थिति रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>