स्वास्थ्य

यसरी गरौँ जाडोमा छालाको स्याहार

Banner

काठमाडौँ, मङ्सिर ८-

जाडोयामको सुरुवातसँग चिसो बढ्दै छ । जाडोमा गर्मी महिनाभन्दा छालालाई अझ बढी स्याहार गर्नुपर्ने हुन्छ। चिसोको कारण हामीलाई विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छ । त्यसमध्ये छाला सुख्खा हुने समस्या पनि एक हो ।

राम्ररी स्याहार नगरे छाला सुख्खा भइ फुट्ने अनि एलर्जी हुने समस्या देखिन्छ। जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो ।

शरीरमा पानीको कमी, घामको हानीकारक विकिरण, तातो पानीमा नुहाउने लगायतका कारणले पनि छाला सुख्खा हुने गर्छ । छाला सुख्खा भएमा छाला पोल्ने, चिलाउने तथा छाला पोल्ने गर्छ ।

मोस्चराइजरको प्रयोग

मनतातो पानीले अनुहार , हात खुट्टा धोइसकेपछि अनिवार्य रुपमा मोस्चराइजरको प्रयोग गर्नु जरुरी छ। यसको तैलीय तत्वले छाला फुट्नबाट रोक्छ। आफूसित हरदम मोस्चराइजर राख्नुपर्छ। अझ एकदम सुख्खा छाला हुनेले त बिर्सनै हुँदैन। कोहीलाई मोस्चराइजरले पनि एलर्जी हुन्छ। एलर्जी नहुने खालको मोस्चराइजरको प्रयोग गर्नुपर्छ। नरिवलको तेल, एभाकाडोको तेल, ओलिभ ओइल आदिको प्रयोगले छालालाई कोमल राख्न सहयोग गर्छ।

मह

महलाई प्राकृतिक मोइस्चराइजर पनि भन्ने गरिन्छ । यसमा एन्टी अक्सिडेन्ट तत्वका साथै रोग निरोधी गुण हुन्छ । यसबाहेक, महमा कयौ प्रकारका भिटामिन तथा खनिज पाइन्छ, जसले छालालाई नरम राख्न मद्दत गर्छ ।

जैतूनको तेल

अंग्रेजीमा ओलिभ आयल भनिने जैतूनको तेल छालाको लागि प्रभावकारी औषधि हो । जैतूनमा भिटामिन लगायतका एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । छालाको सुख्खापन हटाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले जैतूनलाई पनि प्राकृतिक मोइस्चराइजर भनिन्छ । जैतूनलाई हल्का तातो बनाएर हात, खुट्टामा लगाइ मसाज गर्नु होस् र करिब आधा घण्टा पछि धुनुहोस् । यसो गर्नाले तपाईंको छाला मुलायम हुन्छ ।

दू्धमलाई

दूधमलाईमा फ्याट तथा ल्याक्टिक एसिड उच्च हुन्छ, जसले सुख्खा छालामा मोइस्चराईजरको रुपमा कार्य गर्छ । यसले छालालाई नरम र चम्किलो बनाउँछ । दैनिक उपयोगका लागि आˆनो सुख्खा छालामा दूधको ताजा मलाई लगाउनुस् । यसलाई दश मिनेट सम्म राखेर मनतातो पानीले राम्ररी धुनुहोुस् ।

एलोभेरा

सुख्खा छालामा एलोभेरा निकै प्रभावकारी मानिन्छ । एलोभेराको मद्दतले चिसो मौसममा छालालाई नरम, मुलायम तथा जीवन्त बनाउन सकिन्छ । यसको प्रयोगले छालाको स्किन टोनमा समेत सुधार आउँछ ।

उचित खानपान

जाडोमा त्यति पानी खाइँदैन। धेरैको रुचि चिया ,कफिमा जान्छ। तर जाडो महिनामा चल्ने हावाले छाला रुखो बनाउने हुनाले पानी पिउन जरुरी छ। जिउ हाइड्रेट हुन जरुरी छ। मनतातो पानीको प्रयोग गर्न सकिन्छ। खानामा ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउनुपर्छ जस्तै माछा, सागपात हरु प्रशस्त खानुपर्छ। यसले छालाको सौन्दर्यमा धेरै लाभ मिल्छ।

दशैं तिहार सकिएसँगै जाडो सुरु हुन्छ । जाडो सुरु भएको थाहा सबैभन्दा पहिला ओठ सुख्खा हुने समस्याबाट हुने गर्छ । जब हाम्रो शरीरको छाला सुख्खा हुन्छ तब छालासम्बन्धी रोगहरू बल्झिएर आउँछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>