Breaking News
देशभर १६६९ जना कोरोना संक्रमित थपिए
०

काठमाडौँ, मंसिर ७-
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या दुई लाख २० हजार ३०८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर पाँच हजार ६९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख ९९ हजार २४ पुगेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३२ पीसीआर परीक्षण भएको छ। हाल देशभर १९ हजार ९६३ जना सक्रिय संक्रमित रहेका छन् भने ६८६ जना क्वारेन्टिनमा छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























