Breaking News
चितवनका ६१ सहित देशभर १६७४ कोरोना संक्रमित थपिए

काठमाडौं, मंसिर ६-
पछिल्लो २४ घण्टामा चितवनका ६१ जना सहित देशभर थप १६७४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा आठ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र एक हजार १३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये एक लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १७ हजार २०६ जना होम आइसोलेसनमा छन् भने ३३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिएका छन्, उनीहरुमध्ये काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् ।
कास्कीका ७५ जना, चितवनका ६१, झापा र रुपन्देहीका ५७ र ५७ जना, काभ्रेका ५६, तनहुँका ४४, कैलालीका ४०, बाँकेका ३९, कपिलवस्तु र नवलपरासीका ३३ र ३३ जना, नवलपुरका २८, मकवानपुरका २५, पाल्पाका १९, धादिङका १८, बर्दियाका १७, धनुषाका ११, दाङका १०, गोरखाका ९ र नुवाकोटका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धनकुटा, सिराहा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका ७ र ७ जना, पर्वत, डडेलधुरा र बझाङका ६ र ६ जना, सुनसरी, बारा र लमजुङका ५ र ५ जना, इलाम, सर्लाही, रामेछाप, अर्घाखाँची, गुल्मी, दैलेख र सल्यानका ४ र ४ जना,महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका ३ र ३ जना, उदयपुर, सप्तरी र सिन्धुलीका २ र २ जना तथा खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, बाजुरा र बैतडीका १ र १ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
























