नवलपरासी
नवलपरासीबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खननमा संलग्न सात ट्याक्टर नियन्त्रणमा
०
नवलपुर, कात्तिक २६-
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा अवैधरुपमा उत्खननमा संलग्न सात ट्याक्टरलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ को विनयी खोलामा अवैध रुपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किबासबाट गएको टोलीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नम्बर प्लेट हाल्न बाँकी (अन टेस्ट) ट्याक्टर सहित सात ट्याक्टर मङ्गलबार मध्यरातमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी विशाल तामाङले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>