Breaking News

उद्योग वाणिज्य संघको केन्द्रीय निर्वाचनमा चितवनका दुई व्यवसायी चुनावी मैदानमा

Banner

चितवन, कात्तिक २६-

नेपाल उद्योग वाणिज्य महासंघको आगामी मंसिर ११ देखि १३ गते सम्म हुन लागेको ५४ औं वार्षिक साधारण सभा एवम् निर्वाचन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनबाट दुई जना पूर्वअध्यक्ष चुनावी मैदानमा उत्रिने भएका छन् ।

संघका पूर्वअध्यक्ष उत्तमलाल चुके र निवर्तमान अध्यक्ष सहनलाल प्रधानले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यको निर्वाचनमा भाग लिनको लागि आज उम्मेदवारी दर्ता गरेको संघका अध्यक्ष राजु श्रेष्ठले बताए । नेपाल उद्योग वाणिज्य महासंघको विधान बमोजिम चुकेले संस्थापक सदस्य तर्फबाट र प्रधानले वागमती प्रदेशको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । उवासंघ चितवनको सचिवालयबाट अनलाइन मनोनयन–पत्र दर्ता गर्दै उम्मेदवारद्वयले जिल्ला\नगर उद्योग वाणिज्य संघको स्तरोन्नती गर्दै देशको आर्थिक एवम् सामाजिक विकासमा निजी क्षेत्रको भूमिकालाई अझ बढी प्रभावकारी बनाउनका लागि आफूहरुले उम्मेदवारी दिएको बताए ।
सोही अवसरमा उवासंघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले उवासंघ चितवन नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य समेत रहेकोले यस संघको प्रतिनिधित्वले महासंघमा ठूलो अर्थ राख्ने बताए । उनले यस क्षेत्रको व्यवसायिक आवाजलाई बुलन्द गर्दै संघको साखलाई उचाइमा पुर्‍याउन उम्मेदवारद्वयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा ब्यक्त गर्दै दुवै उम्मेदवारको जीत सुनिश्चित भएको बताए । २०२० सालमा स्थापित नेपाल उद्योग वाणिज्य महासंघमा प्रायका वर्षहरुमा उद्योग वाणिज्य संघ–चितवनको प्रतिनिधित्व रहँदै आएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए । महासंघको वर्तमान कार्यसमितिमा पूर्वअध्यक्षद्वय डा.तिलचन्द्र भट्टराई र कल्याण जोशीले प्रतिनिधित्व गर्नुका साथै पूर्वअध्यक्ष राजन गौतम वाग्मती प्रदेशको उपाध्यक्ष रहेको संघका कार्यकारी निर्देशक केसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>