कर्पोरेट

टिच फर नेपाललाई ग्लोबल आइएमई बैँकको आठ लाख सहयोग

Banner

चितवन, कात्तिक २६-

ग्लोबल आइएमई बैँकले सामाजिक उत्तरदायित्वअन्तर्गत टिच फर नेपालद्वारा सञ्चालित फेलोसिप कार्यक्रमलार्ई आठ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बैँकले आज प्रेषित गरेको विज्ञप्तिअनुसार ग्लोबल आइएमई बैँकका बजार तथा व्यवसाय प्रवद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा ग्लोबल आइएमई बैँकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैँक सदा अग्रसर रहेको जानकारी गराए । टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई बैँक लिमिटेडलाई धन्यवाद व्यक्त गरे ।  बैँकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>