अर्थ
सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घट्यो
०

काठमाडौँ, कात्तिक २५–
विश्वबजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ ।
नेपालमा सुनको मूल्यमा आज (मंगलबार) एकैदिन प्रतितोला ३ हजार चार सय रुपैयाँ गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
छापावाल सुन सोमबार तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि मंगलबार ७० रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























