Breaking News
पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना पुष्टि, ३ हजार ४ सय ३० डिस्चार्ज
०

काठमाडौँ, कात्तिक २०–
पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ४ सय ३० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४८ हजार ४ सय ४ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ रहेको छ भने १ हजार २ सय ३२ जना क्वारेन्टिनमा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























