Breaking News

पार्टीमा गम्भीर समस्या उत्पन्न भयोः नेकपा महासचिव पौडेल

Banner

काठमाडौं,कार्तिक १६-

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्र गम्भीर समस्या देखापरेको बताएका छन्। अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलले सामाजिक सञ्जालमार्फत पार्टी गम्भीर अवस्थामा रहेको जनाएका हुन्। उनले एकताको रक्षाको पक्षमा उभिनसमेत आह्वान गरेका छन्।

‘‘यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकृत र अविभाज्य अस्तित्त्वका सामु गम्भीर संकट उत्पन्न भएको छ,’’ महासचिव पौडेलले ट्वीटरमा लेखेका छन्, ‘‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूसमक्ष अनुरोध गर्दछु।’’ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध गत असोज २५ गते अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाभित्र किचलो बढेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>