मकवानपुर

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

Banner

हेटौंडा, कार्तिक ६–

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।

केही समयअघि सामान्य रुघाखोकी देखिएपछि उनी स्वास्थ्य सावधानी अपनाए होम आइसोलेसनमा बसिरहेका थिए । उनको आज (बिहीबार) कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिएका छन् । यस्तै मुख्यमन्त्री पौडेलकी धर्मपत्नीलाई पनि संक्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्रीको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि आजै कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>