Breaking News

चितवन मेडिकल कलेजमा रत्ननगरका कोरोना संक्रमितको मृत्यु

Banner

चितवन, कार्तिक ५–

चितवनमा आज (बुधबार) थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रत्ननगर नगरपालिका–१३ का ४० वर्षीय पुरुषको आज अपरान्ह ४ः२८ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

असोज २३ गते ज्वरो र निमोनिया भएर उनी अस्पताल भर्ना भएका थिए । उनको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनको क्यान्सर रोगको समेत उपचार भइरहेको थियो । कोभिड भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>