कर्पोरेट

चितवनको सप्तगण्डकी क्याम्पसमा ग्लोबल आईएमई बैँकको एक्स्टेन्सन काउन्टर

Banner

चितवन, कात्तिक ५-

ग्लोबल आईएमई बैँकले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैँकले सेवा विस्तार गर्ने क्रममा क्याम्पस परिसरमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । काउन्टरको बुधबार ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उद्घाटन गर्नुभएको छ ।

एक्स्टेन्सन काउन्टरबाट क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारीसँगै अन्य स्थानीय सेवाग्राही पनि बैंकिङ सेवा उपभोग गर्न सक्ने ग्लोबल आईएमई बैंक नारायणगढ शाखा प्रवन्धक लक्ष्मण पौडेलले जानकारी दिनुभयो । काउन्टरमा विद्यार्थीलाई क्याम्पस परिसर भित्र बाटनै सेवा लिन मिल्ने व्यवस्था मिलाइएको छ । पौडेलका अनुसार क्याम्पसमा अध्यरनरत विद्यार्थीहरु बैँकिङ शिक्षा पनि एक्स्टेन्सन काउन्टरबाट हुनेछ । बैँक चितवनमा सबै भन्दा धेरै शाखा भएको बैँकको रुपमा परिचत छ ।

सप्तगण्डकी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसभित्र नगद कारोबार नभई बैंकिङ कारोबारलाई प्रथमिकता दिनको लागि पनि काउन्टर स्थापना गरेको बताउनु भयो । क्याम्पसमा विस्तारै विद्यार्थी भर्ना, मासिक शुल्क, परीक्षा शुल्कलगायत विद्यार्थीका सबै शुल्क बैँक बाटनै भुक्तानी हुने उहाँले बताउनुभयो । बैैँकिङ कारोबारमा जादा क्याम्पसको काम सहज र सरल हुने महतोको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>