चितवन विशेष

भरतपुरको पार्वतीपुरमा ५७ लाख लागतमा महिला उद्यमशिल केन्द्र सञ्चालनमा

Banner

चितवन, कात्तिक ५-

भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आज सरस्वती महिला उद्यमशिल महिला तालिम केन्द्र भवनको उदघाटन भएको छ ।

भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालले सो भवनको उद्घाटन गर्नुभएको हो । भरतपुर महानगरपालिकाको २५ लाख रूपयाँ र समूहको सहभागितामा थप सात लाख रकम गरी ३२ लाख रूपैयाँको लागतमा तालिम केन्द्रको निर्माण गरिएको छ । कार्यक्रममा महानगर प्रमुख दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सिप र क्षमताको आधारमा बहुउपयोगी हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ उद्यमशिलताले मात्र परिवार र समाजलाई समृद्ध बनाउन सक्छ, तसर्थ आधुनिक प्रविधि सिप मार्फत उत्पादकत्व बढाउन सबै एकत्रित हुनुपर्छ ।’

रोजगार सृजना र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै उहाँले यस्ता योजना लिएर महानगरपालिका आउनेलाई सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो । दाहालले महिला त्यसमा पनि दलित आदिवासी तथा सिमान्तकृत समुदायका महिलाहरूको क्षमता विकास, उद्यमशिलता बढाउन विशेष जोड दिएको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाका प्रमुख दाहालले महिला एवम् सामाजिक सशक्तिकरणको क्षेत्रमा महानगरपालिकाले योजनाबद्ध ढंगले गतिविधिहरू अगाडि बढाइरहेको दाबी गर्नुभयो ।

समग्र विकासले मात्र महानगरको दिगो र आत्मनिर्भर विकास हुने भन्दै उहाँले यसलाई मध्यनजर राखेर शिक्षा ,स्वास्थ्य, कृषि , पर्यटन र पूर्वाधारको क्षेत्रमा योजनाबद्ध ढंगले काम अगाडि बढेको बताउनु भयो । उहाँले पछिल्लो समय भरतपुरले सडक पूर्वाधार निर्माणमा ठूलो छलाड्ग मारेको पनि उल्लेख गर्नुभयो ।

भरतपुर महानगरपालिकाले गौरबको आयोजनाको रूपमा अगाडि बढाएको महानगरिय रिङ्गरोड र लिङ्करोडको काम दु्रत गतिमा निर्माण भईरहेको जानकारी दिनुभयो । उहाँले महानगरीय सिटी हल र पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माण र स्मार्ट स्ट्रिट लाइट जडानको काम दसैँ लगत्तै सिलान्यास गरेर आफ्नै कार्यकालमा सम्पन्न गर्ने गरी काम अगाडि बढाउने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा वडा न २१ का वडाअध्यक्ष चित्रसेन अधिकारीले नवनिर्मित तालिमकेन्द्र भवन यस क्षेत्रका समुदायलाई सिप सिकाइमा उपयोगी हुने बताउनु भयो । वडा न २४ का वडाअध्यक्ष कान्छा मल्लले आकर्षक महिला उद्यमशिल तालिमकेन्द्र भवन निर्माण गरेर रचनात्मक काम गरेको भन्दै समूहलाई धन्यवाद ब्यक्त गर्दै तालिम केन्द्रलाई सिकाइको केन्द्र बनाउन आग्रह गर्नुभयो । समूहकी अध्यक्ष एवम् कार्यक्रमकी सभापति दिब्या शर्माले समूहको आय–व्यय तथा समूहले गरेका गतिविधिहरूको बारेमा जानकारी गराउनु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>