Breaking News
चितवनका ४६ जनासहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, कार्तिक ४–
चितवनमा आज (मंगलबार) थप ४९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुर, नवलपरासीका ३ जनासहित ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्रै २३ जना रहेका छन् । जसमध्ये ११ जना पुरुष र १२ जना महिला रहेका छन् । उनीहरु २२ देखि ७२ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी हस्पिटल, जयबुद्ध अस्पताल र क्वारेन्टिनबाट स्वाब लिइएको हो ।
यस्तै खैरहनी नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ जना पुरुष र ६ जना महिला रहेका छन् । उनीहरु १४ देखि ६१ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।
त्यस्तै माडी नगरपालिकाका ५ जना पुरुष र एक महिला गरी ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ५२ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो । त्यस्तै रत्ननगर नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु २३ देखि ३२ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।
यस्तै कालिका नगरपालिकाका १ जना पुरुष र राप्ती नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी मकवानपुरको हेटौंडा–८ का १ पुरुष र नवलपरासी पूर्व गैंडाकोटका २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
























