कर्पोरेट

एनआईसी एशिया बैँकद्वारा २० प्रतिशत लाभांश वितरणको प्रस्ताव

Banner

चितवन, कात्तिक ४-

एनआईसी एशिया बैँक लिमिटेड सञ्चालक समितिको मंगलबार बसेको ४६० औं बैठकले मुनाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैँकले मंगलबार प्रेषित गरेको विज्ञप्ति अनुसार बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनश शेयर र एक प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैँकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैँकका शेयरधनीले प्राप्त गर्नेछन् ।

बैंकले गत आर्थिक वर्षमा प्रति शेयर आम्दानी ३१.८९ रुपैयाँ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरू मध्ये यस बैंकले २.४९ प्रतिशतको वृद्धि सहित तीन अर्ब ९ करोड आर्जन गर्न सफल भएको थियो । बैँक स्व–पूँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये पहिलो बन्न सफल भएको बैँकको विज्ञप्तिमा उल्लेख छ ।

बैंकको आर्थिक वर्ष २०७६÷७७ मा कुल कर्जामा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू. २४ अर्बले वृद्धि गरी कुल कर्जा रकम रू. १७४ अर्ब पुगेको छ । जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६÷०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.४१ प्रतिशत रहेको छ । समग्र वाणिज्य बैंकहरुमा गत आर्थिक वर्षमा १३ प्रतिशत (करिब ३२१ अर्ब रुपैयाँ मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले कर्जा वृद्धि भएकोमा यस बैँकले १६ प्रतिशत ( २४ अर्ब रुपैयाँ) ले कर्जा वृद्धि गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धि मध्ये सबैभन्दा उच्चतम वृद्धि हो । साथै बैँकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा ३८ अर्ब रुपैयाँले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २११ अर्ब रुपैयाँ पु¥याउन बैँक सफल भएको विज्ञप्तिमा उल्लेख छ । जुन वाणिज्य बैँकमा गत आर्थिक वर्ष ०७६÷०७७ मा भएको कुल वृद्धिको ७.३ प्रतिशत रहेको छ । साथै समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६ प्रतिशत (करिब ४८३ अर्ब रुपैयाँ मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा यस बैंकले २२.५० प्रतिशत (३८ अर्ब) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको बैँकको दाबी छ ।

बैँकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्य अनुरूप गत आर्थिक वर्षसम्ममा बैँकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जामा रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>