कर्पोरेट
ग्लोबल आइएमई बैँक र ल्याण्डमार्क होटलबीच सम्झौता

चितवन, कात्तिक ३–
ग्लोबल आइएमई बैँक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रालिबीच बैँकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधामा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैँकले आज प्रेषित गरेको विज्ञप्तिमा सम्झौतापत्रमा ग्लोबल आइएमई बैँकको बजार तथा व्यवसाय प्रवद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रालिका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता पश्चात ल्याण्डमार्क होटल रिसोर्टको काठमाडौँ, पोखरा तथा चितवनमा रहेका होटलहरुबाट उपलब्ध सेवा तथा सुविधाहरुमा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैँकिङ, ईबैँकिङ तथा क्यूआर कोड प्रणाली मार्फत् भुक्तानी गर्दा बैैँकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने छन् ।
ग्लोबल आइएमई बैँकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जालसहित २३४ एटीएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २२७ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत् आफ्ना २० लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको बैँकले जनाएको छ । ग्लोबल आइएमई बैँकले ग्राहकलाई बैँकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघसंस्थासँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।
























