Breaking News

विराटनगरमा कोरोनाबाट अस्पताल सञ्चालकसहित ४ जनाको मृत्यु

Banner

काठमाडौँ कात्तिक ३-

विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा १ जना र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक जनाको मृत्यु भएको हो । मृतकमध्ये एकजना अस्पताल सञ्चालक समेत छन् ।

न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको सोमबार बिहान ३ बजे मृत्यु भएको हो । ्
मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा।लि।का सञ्चालक हुन् । उनलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन न्युरोको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । उनी मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

यसैगरी नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

ग्रामथानका पुरुषमा असोज २९ गते र विराटनगर–३का पुरुषमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि बिराटनगरका पुरुष होम आइसोलेसनमा थिए । श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो ।

यसैगरी बिराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित एक महिलाको पनि ज्यान गएको छ । बिराटनगर–२ की ६० वर्षीया महिलाको आज बिहान ४ बजेतिर मृत्यु भएको हो । ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>