बजार
दसैँतिहारको अवसरमा आईपे रेमिटमार्फत् कारोबार गर्दा बाइक जित्ने अवसर

चितवन, कात्तिक १-
आईपे रेमिट प्रालिले महान् चाडपर्व दसैँं, तिहार र छठलाई लक्षित गरी ‘आइपे रेमिटबाट पैसा आयो उपहारमा बाइक पायो’ भन्ने विशेष उपहार योजना र्सावजनिक गरेको छ ।
रेमिटले प्रेषित गरेको विज्ञप्तिअनुसार यस योजनाअन्तर्गत आइपे रेमिटको मलेसियालगायत विश्वका विभिन्न मुलुकबाट पठाएको पैसा प्राप्त गर्दा ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न सक्नेछन् । यस योजनाको अवधि कात्तिक १ गतेदेखि मंसिर ५ गते सम्म रहने छ ।
उपहार कार्यक्रमअन्तर्गत दैनिकरुपमा सात जनाले प्रेसर कुकर उपहार जित्न सक्नुहुनेछ । साथै साप्ताहिक रुपमा हरेक हप्ता १ जना भाग्यशाली विजताले टिभी जित्नुहुनेछ भने एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरुप बाइक जित्न सक्ने विज्ञप्तिमा उल्लेख छ । सम्पूर्ण उपहार कार्यक्रमको विजेताको घोषणा लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ । त्यसैगरी सोको जानकारी आइपे रेमिट प्रालिको आधिकारिक फेसबुक पेजमार्फत दैनिक प्रकाशन गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
आईपे रेमिट प्रालिले आफ्नो स्थापना कालदेखि नै ग्राहकलाई छिटो, छरितो तथा सर्वसुलभरुपमा आफ्ना देशभरी छरिएर रहेका १० हजार साझेदारबाट रकम भुक्तानी साथै नेपालका बैँक तथा वित्तिय संस्थाहरुमा तुरुन्तै पैसा जम्मा (रियल टाइम एकाउन्ट डिपोजिट) गर्ने सुविधा प्रदान गर्दै आएको कुरा कम्पनीका मार्केटिङ तथा सेल्स प्रबन्धक रुपनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
























