कर्पोरेट

एनआईसी एशिया बैँकद्वारा दुई दिनमा भाखा नाघेका कर्जा बुझाउन अनुरोध

Banner

चितवन, असोज २९-

एनआईसी एशिया बैँकले तीन महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको साँवा तथा ब्याज रकम असोज मसान्तभित्र बुझाउन अनुरोध गरेको छ ।

बैँकले आज प्रेषित गरेको विज्ञप्तिमा असोज मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिकदेखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने उल्लेख छ । यस योजनामा सहभागी हुन अब मात्र दुई दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन बैंकले सम्पूर्ण ऋणीमा आह्वान पनि गरेको छ । यस बैँकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैँकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू समयमा भुक्तानी गरेर अतुलनीय लाभ उठाउन विज्ञप्तिमा अनुरोध गरिएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को वैशाख, जेठ र असार महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियतसम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीले करिब तीन अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेको बैँकले जनाएको छ । बैंकले असोज महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त ग्राहकमा वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने बैँकको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>