Breaking News

नवनियुक्त तीन जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

Banner

 काठमाडौं  असोज, २९-

बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त भएका  विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री  ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>