Breaking News
पछिल्लो २४ घण्टामा देशभर २६३८ जना कोरोना संक्रमित थपिए, २१७४ जना डिस्चार्ज
०

काठमाडौँ असोज २८–
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार १ सय ७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ भने ४ हजार ६ सय ६६ जना क्वारेन्टिनमा छन्।
पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७५ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























