कर्पोरेट

दसैँको अवसरमा महालक्ष्मी विकास बैँकमा ब्याजमा छुट

Banner

चितवन, असोज २७-

महालक्ष्मी विकास बैँकले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा कर्जा सुविधा लिएका ग्राहकलाई दसैँ विशेष छुट अफर ल्याएको छ ।

बैँकले मंगलबार प्रेषित गरेको विज्ञप्तिमा असोज मसान्तभित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । बैँकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने छ । ग्राहकले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता ब्याज भुक्तानी गरेर देखाएको इमान्दारिताको कदर गर्दै बैँकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा आउँदै गरेको नेपालीको महान पर्व विजयादशमी, तिहार तथा छठको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकलाई बैँकले शुभकामना पनि व्यक्त गरेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०२ वटा शाखा तथा ३४ वटा एटीएमहरुमार्फत् सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैँकको ग्राहक संख्या करिब पाँच लाख बढी रहेको उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>