कर्पोरेट

एनआईसी एशिया बैँकको दसैँ विशेष अफर : अनलाइन सामान खरिदमा छुट

Banner

चितवन, असोज २७-

एनआईसी एशिया बैँकले बडादसैँ, शुभ दिपावली, नेपाल संवत् एवम् छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहने ग्राहकका लागि आकर्षक नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।

बैँकले आज प्रेषित गरेको विज्ञप्तिअनुसार उक्त आकर्षक योजनाअन्तर्गत ई–कमर्शबाट बैँकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने जनाएको छ ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैँकले डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै यस बैँकले २० प्रतिशत वा दुई हजारसम्ममा २५ प्रतिशत वा एक हजार ५०० सम्म तथा ठूलो पसल, इन्फिस्टोर र ओक्डममा १५ प्रतिशत वा एक हजारसम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ । यस बैँकमा आबद्ध ग्राहकले २७ असोजदेखि एक कात्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवम् सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहकले सो अवसरको फाइदा लिनु हुने बैँकले विश्वास लिएको छ । साथै यस बैँकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैँकको वेबसाइटमा रहेको आईसर्भ मार्फत् समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन अनुरोध पनि गरेको छ ।

बैँकले कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे साइबरसोर्स मार्फत् जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा जारी गरिएको कार्डहरूमार्फत् अनलाइन रुपमा भुक्तानी प्राप्त गर्न सकिने सुविधा ल्याएको हुँदा इच्छुक मर्चेन्टहरूले आफ्नो व्यवसायमा यस बैँकको साइबर सोर्स अनलाइन भुक्तानी प्रणाली जोडी ग्राहकको भुक्तानी रकम सिधै आफ्नो बैँक खातामा प्राप्त गर्न सक्नेछन् । बैँकले ल्याएको यस नविनतम सेवाले भविष्यमा विभिन्न ई–कमर्शहरूसँग विभिन्न नगद फिर्ताको योजनामा सहकार्य गर्दै ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्ने यस बैँकले लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ ।

बैँकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न आफ्ना विभिन्न योजनाहरू जस्तै ई–कमर्शमार्फत् डिजिटल कारोबार गर्न प्रोत्साहन गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ । बैँकले आफ्नो डिजिटल फस्ट बैँक बन्ने रणनीति अनुरुप विभिन्न सेवा तथा सुविधालाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई समेत डिजिटल कारोबार तथा सेवा तर्फ आकर्षित गरिरहेको जनाएको छ । यसै क्रममा बैँकले आफ्ना मोबाइल बैंकिङ तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्तालाई समेत देशभरका दुई हजार ३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । साथै ग्राहकले मोबाइल बैँकबाट भुक्तानी गर्दा ह्यापी आवर योजनाबाट ४०० योजनाबाट ५०० तथा अनलाइनबाट खाता खोली पहिलोपटक मोबाइल बैँक मार्फत् कारोबार गर्दा ५०० गरी मासिक रुपमा एक हजार ४०० सम्मको नगद फिर्ता प्राप्त गर्ने योजना समेत बैँकले सञ्चालन गरिरहेको छ । स्मार्टफोन प्रयोगकर्ताको संख्या उल्लेख्य वृद्धि भएसँगै डिजिटल कारोबार गर्ने महानुभावको संख्यामा समेत तीव्ररुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई क्यासलेस अर्थतन्त्र बनाउन सहयोग पु¥याउन बैँकले यस प्रकारका योजनाहरू कार्यान्वयनमा ल्याइरहेको विज्ञप्तिमा दाबी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>