बजार

सुरक्षा सावधानी अपनाउँदै खुल्यो क्लव हिमालय, ल्यायो फेस्टिभ अफर

Banner

काठमाडौं, असोज २७–

कोरोना भाइरस (कोभिड–१९) बच्न गरिएको लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ ।

पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्चपालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिने र ७२ घण्टै रुम क्लिन साइकलको नियमपालना गर्दै पाहुनालाई बिहान छिटो चेकइन र दिउँसो ढिलो चेकआउट गर्न पाउने सुविधा लागू गरिएकोे छ ।

पुनः सञ्चालनमा आएको अवसरमा आउदै गरेको चाडपर्वलाई लक्षित गरी होटलले फेस्टिभ विशेष अफर समेत ल्याएको छ । अन्य समयमा नेपाली रुपैयाँ नेट ११ हजार पर्ने मुल्यको यस अफरमा एक जोडीलाई प्रति रुम ६ हजारमा बेड एण्ड ब्रेक फास्ट समावेश गरिएको छ । जसमा डिलक्स रुमको सुविधा, बेभरेजमा १० प्रतिशत छुट, दोस्रो पटकको बुकिङ्गमा १० प्रतिशतको डिस्काउन्ट भौचरका साथै २ गिलास वाइनलगायत थुप्रै अन्य सुविधाहरु समेत लिन सकिने छ ।

यस योजनामा शर्तहरु भने लागू हुनेछ । नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित यस होटलबाट विश्व कै उत्कृष्ट मौषमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिने छ ।

२०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्व कैं उत्कृष्ट मध्येको ४० वर्षको ईतिहास भएको क्लब हिमालय एस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>