Breaking News

रुपन्देहीकी कोरोना संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु

Banner

चितवन, असोज २६–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रुपन्देही जिल्लाको तिलोत्तमा–१५ की ३५ वर्षीया महिलाको आज (सोमबार) दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भइ ती महिला असोज २१ गते अस्पताल भर्ना भएकी थिइन् । असोज २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि चितवन ल्याईएको थियो ।

उनको कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>