Breaking News

तीन तहका सरकारले एकले अर्काेलाई खुइल्याउने प्रवृत्ति अन्त्य गर्नुपर्छः मुख्यमन्त्री पौडेल

Banner

चितवन, असोज २६-

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राज्यका तीन तहका सरकारहरुले एकले अर्कोलाई खुइल्याउने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताउनुभएको छ ।

मकवानपुर जिल्लाको वार्षिक समीक्षा बैठकमा मुख्यमन्त्री पौडेलले सो बताउनु भएको हो । उहाँले तीनै तहका सरकार जिम्मेवार भएर लागेमा मात्र देश विकास हुने समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो । उहाँले विकास निर्माणका योजनाहरुको छनौटमा सबै तहका सरकारको सान्वय भएमात्र सही र आवश्यक योजनाहरु छनौट हुने समेत बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले इच्छा शक्ति भए थुप्रै कार्य गर्न सकिन्छ भन्ने उदाहरण जिल्ला समन्वय समितिले प्रस्तुत गरेको बताउनुभयो । उहाँले जिल्ला समन्वय समिति, मकवानपुरले सीमित स्रोतसाधन तथा कार्यादेशका बाबजुत पनि प्रशस्त कार्यहरु गरेको भन्दै प्रसंशा गर्नुभयो । पौडेलले कोरोना कहरमा समितिले गरेको कार्यहरुको चर्चा गर्दै इच्छाशक्ति भए थुप्रै काम गर्न सकिने उदाहरण मकवानपुरको जिल्ला समन्वय समितिले दिन सकेको बताउनुभयो । उहाँले स्थानीय तहहरुले सम्पादन गरेका कार्यहरुको वार्षिक समीक्षाले भइरहेका कार्यहरुको परिणाम र उपलब्धिका बारेमा धारणाहरु निर्माण हुने स्थानीय तहहरुबीच समेत समन्वय हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रसभा सदस्य रामचन्द्र राईले गाँजा खेती गरिरहेका जिल्लाका किसानलाई जिल्ला समन्वय समितिले गाँजा जस्तो अवैधानिक हैन वैधानिक र व्यवसायिक खेतीपातीतर्फ लगाउन भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । समीक्षा बैठकमा जिल्लाका दशवटा स्थानीय तहलगायत जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाले आर्थिक वर्ष २०७६÷०७६ मा गरेका कामहरुको प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ओम ग्लान, सन्तबहादुर चेपाङ, जिसस उपप्रमुख भगवती पुडासैनी, मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, समन्वय अधिकारी आनन्दराज पोख्रेल, १० वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न सरकारी तथा गैररसकारी कार्यालयका प्रमुख एवक् प्रतिनिधिहरुको सहभागिता थियो । डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको थियो ।

विभिन्न व्यक्ति एवम् संस्था सम्मानित

मकवानपुर जिल्लाको जिल्लास्तरीय वार्षिक समीक्षा बैठकमा जिल्ला समन्वय समिति मकवानपुरले विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने व्यक्ति एवम् संघसंस्थालाई सम्मान गरेको छ ।

समीक्षा बैठकको उद्घाटन शत्रमा मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न व्यक्तित्व तथा संघसंस्थाहरुलाई सम्मानपत्र एवम् कदर पत्रद्धारा सम्मानित गर्नुभएको हो । सो अवसरमा हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठलाई जिल्लाको स्वास्थ्य क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मानित गरिएको छ । यस्तै कोभिड बिरामीको उपचारकालागि पु¥याउनुभएको योगदानको कदर गर्दै हेटौंडामा सञ्चालित आइसोलेसन कक्षका प्रमुख भोला चौलागाई र मकवानपुर जिल्लामा पहिलो व्यवसायिक तिलफल(ड्रागन फ्रुट) उत्पादन गर्ने मनहरिका किसान हरिशरण अर्याल, हेटौंडा–८ का तेक्वान्डोका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी नारायण थिङ्लाई सम्मानपत्रद्वारा सम्मानित गरिएको छ ।

त्यस्तै जिल्लामा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने तथा कोभिड नियन्त्रणका सन्र्दभमा जिल्ला समन्वय समितिलाई प्रत्यक्षरुपमा सहयोग पु¥याउनु हुने उद्योग परिसंघ वाग्मती प्रदेश, उद्योगसंघ मकवानपुर, उद्योग वाणिज्य संघ मकवानपुर, प्लान इन्टरनेसनल, सामुदायिक विकास केन्द्र नेपाल (सीसीडीएन), श्रीकृष्ण प्रणामी सेवा समिति, सहयोगी मन नेपाललाई कदरपत्र एवम् प्रशंसापत्रद्वारा सम्मानित गरिएको हो । उहाँहरुलाई मुख्यमन्त्री पौडेलले सम्मानपत्र एवम् प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>