Breaking News

रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु

Banner

रुपन्देही, असोज २५–

रुपन्देहीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लोपटक थप चार जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् ।

उपचारका लागि लैजाने क्रममा बुटवल–११ का ८४ वर्षीय पुरुषको कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङ वा नेपालगञ्ज रिफर गरिएको थियो । अस्पताल नपुग्दै उनले मृत्युवरण गर्नु पर्‍यो ।

यस्तै उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा एक महिलाको मृत्यु भएको छ । असोज २१ गते आईसीयूमा भर्ना भएकी बुटवल–११ की ६१ वर्षीया महिलाको आइतबार बिहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरि धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृत्यु हुने उनी नै पहिलो व्यक्ति हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>