Breaking News

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

Banner

चितवन, असोज २४–

चितवनमा आज (शनिबार) थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

कोभिड आइसीयूमा उपचाररत भरतपुर महानगरपालिका–१ का ४७ वर्षीय पुरुषको आज (शनिबार) साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई असोज २३ गते अस्पताल भर्ना भएका ती पुरुषको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई कोभिड आइसीयूमा सारिएको थियो । सबै उपचार अपनाउँदा अपनाउँदै उनलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>