चितवन विशेष

चितवनमा स्तन क्यान्सरबारे सचेतना कार्यक्रम

Banner

चितवन, असोज २४-

बढ्दो स्तन क्यान्सर न्यूनीकरणका लागि लायन्स क्लबले आज स्तन क्यान्सरबारे सचेतनामूलक कार्यक्रम गरेको छ ।

मानविय तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेका लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिले संयुक्तरुपमा शनिबार भरतपुर महानगरपालिका १० र ११ मा स्तन क्यान्सरबारे चेतनामूलक कार्यक्रम गरेका हो ।

अक्टोबर महिनालाई संसारभरी नै स्तन क्यान्सरबारे सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष २१ लख बढी स्तन क्यान्सरका नयाँ बिरामी थपिन्छन् भने यसका कारण ६ लाख बढीको मुत्यु हुने गरेको छ । नेपालमा स्तन क्यान्सरका हरेक वर्ष दुई हजार १०० बढी नयाँ बिरामी थपिने गरेको पाइएको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका सर्जन डा. गंगा सापकोटाले जानकारी दिनुभयो ।

वातावरणीय प्रभाव र खानपानका कारण अधिकांशमा क्यान्सर सुरु हुने उहाँको भनाइ छ । उहाँका अनुसार नियमित परीक्षण गरेमा ९० प्रतिशत क्यान्सर पत्ता लगाउन सकिने र सुरुको चरणमा उपचार गर्न सके क्यान्सर निको पनि हुने गर्छ । १२ वर्ष भन्दा कम उमेरमा महिनावारी सुरु भएका, लामो समय सम्म महिनावारी भइरहेमा, पहिलो सन्तान ढिलो गरी जन्माएमा, बच्चालाई कम स्तनपान गराएमा स्तन क्यान्सरको सम्भावना बढी हुने डा. सापकोटाले बताउनुभयो । मदिरा तथा धुमपान गर्ने महिलाहरुमा अझ बढी स्तन क्यान्सरको सम्भावना हुने डा. सापकोटाले बताउनुभयो ।

डा. सापकोटाका अनुसार क्सान्सरबारे सामान्य ख्याल राखेमा पहिलो चरणमा स्वयम् व्यक्तिले समेत पत्ता लगाउन सक्ने र यसलाई रोक्न समेत सकिन्छ । महिनावारी भएको पाँच दिन भित्रमा स्तनको स्वरुप परिवर्तन भएमा, स्तनको मुन्टोबाट रातो कालो पानी बगेमा, स्तनको मुन्टोको आकार बदलिएमा वा गडेको पाइएमा, स्तनको छालामा घाउ आएमा वा स्तन तथा काखीमा गाठागुठी आएमा स्वास्थ्यकर्मीसँग तुरुन्त भेट्न उहाँले आग्रह गर्नुभयो । यस्ता समस्या पुरुषमा समेत देखिन सक्ने उहाँको भनाइ छ । तर सबै गाठागुठी क्यान्सर भने नहुने उहाँले बताउनुभयो ।  कार्यक्रममा लायन्स क्लब इन्टरनेनल डिष्ट्रिक ३२५ बी २ अन्तर्गत एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डित, एरिया सचिव पूर्णप्रसाद शर्मा, आयोजक क्लबका पदाधिकारी तथा सर्वसाधरणको उपस्थितिरहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>