स्वास्थ्य

सरकारी र डा केसी टोली बीचको वार्ता स्थगित, ४ बजे फेरि बस्ने

Banner

काठमाडौं, असोज २२-

सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच भएको वार्ता केही समयका लागि स्थगित भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) बिहान साढे दश बजेदेखि जारी वार्ता दिउँसो ४ बजे फेरि बस्नेगरी स्थागित भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले बताए।

अहिलेसम्म भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबीच फेरि छलफल भई दिउँसो ४ बजे वार्तामा बस्ने सहमति भएको डा. कार्कीले बताए।

सरकारले डा। केसीसँग वार्ता गर्नका लागि बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। जसमा मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा। दिलिप शर्मा सदस्य रहेका छन्।

सरकारले वार्ता टोली गठन गरेसँगै डा। केसीको तर्फबाट डा। जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो। वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की, संघका पूर्व अध्यक्ष डा। अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>